कार्यक्रमको नाम:
राहत तथा डोजर लगाउने अनुमति सिफारिसका लागि।
के हुदैछ ?:
करिब 100 रोपनीमा लगाउन राखिएको धानको ब्याड तोरा खोलाले पुरेको।
किसानको प्रतिक्रिया:
कार्यालय बाट वितरण हुने राहत कार्यक्रममा सम्बोधन गरियोस् र खोलाले पुरेको खेती योग्य जमीनमा डोजर लगाई धान लगाउन पाउनको लागि डोजर लगाउने सिफारिस गर्दिनु हुन अनुरोध।
भ्रमण कर्ताको सिफारिस:
100 रोपनीमा लगाउन राखिएको धानको ब्याड पूर्ण रुपले खोलाले पुरेको। ब्याड राखिएको ठाउँमा रहेको 30 रोपनी जगालाई डोजरको प्रयोग गरी गह्रा सुधार गरी खेती लगाउनु हुने हुँदा कार्यालयबाट दिन सकिने सेवा सुविधा दिनु हुन सिफारिस गरिन्छ।